३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ९०.६७ अंकले बढेर बन्द, व्यापारिक समूहका मूल्य वृद्धि

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ९०.६७ अंकले बढेर बन्द, व्यापारिक समूहका मूल्य वृद्धि
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २ हजार ४१६ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन ३.७५ प्रतिशत बढेर शेयर बजार बन्द भएको हो ।

नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि १४.६७ अंक बढेर ४ सय ५१.४६ विन्दुमा पुगेको छ । यो ३.३६ प्रतिशतले बढेको हो । अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम भने कम भएको छ । बुधवार रू. ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको बिहीवार रू. ६ अर्ब ५ करोड ८१ लाख ४ हजार बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर कारोबार भएको हो ।

 यो दिन २०६ वटा कम्पनीको ६५ हजार १७४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । यो दिन कारोबारमा आएका १३ वटा समूहगत परिसूचक पनि बढेका छन् । सर्वाधिक परिसूचक व्यापारिक समूहको ७.१ प्रतिशतले बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुको सम्पत्ति मूल्य सबैभन्दा बढीले वृद्धि भएको हो । 

यसदिन बैंकिङको २.९६ प्रतिशत, होटल्स तथा पर्यटनको २.९९ प्रतिशत, विकास बैंकको २.४७ प्रतिशत, जलविद्युतको ४.७८ प्रतिशत, वित्तको २.७८ प्रतिशत, निर्जीवन बीमाको २.६१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.६६ प्रतिशत, अन्यको ५.४४ प्रतिशत, लघुवित्तको ५.०६ प्रतिशत, जीवन बीमाको ३.५ प्रतिशत, म्युचुअल फण्डको ०.१९ प्रतिशत र लगानी समूहको ५.२६ प्रतिशत परिसूचक बढेको छ ।

बिहीवार कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ५३ करोड २३ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८.६६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. ४४ ले बढेर यसदिन कम्पनीको अन्तिम शेयरमूल्य रू. ५५२ कायम भएको हो । यसदिन कम्पनीको शेयरमूल्य न्यूनतम रू. ५०८ देखि अधिकतम रू. ५५८ सम्म पुगेको थियो ।