• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको निर्देशन



काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्र्र्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो । कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिनुभयो । बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘आज संसदीय दलको बैठकमा जुन हिउँदे अधिवेशन हिजोबाट शुरु भएको छ । त्यो अधिवेशनको बारेमा छलफल भयो । अरु समसामयिक विषय पनि छलफल भयो । अब हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरुको भुृमिका कस्तो रहने ? अनि जनता समाजवादी पार्टीका सांसदहरुले अधिकभन्दा अधिक समितिहरुमा भाग लिएर विधेयकहरु बनाउने र संसदमा चाहीँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो । र, यही विषयमा हाम्रो निर्णयहरु पनि भयो ।

अव हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशनको जुन क्यालेन्डर जारी भएको छ । त्यो क्यालेण्डर अनुसार हामीले बढिभन्दा बढि उपस्थित हुने र विधेयकमा भाग लिने, कानून बनाउन भाग लिने । अनि यो खास गरेर जनता समाजवादी पार्टीको जुन भुमिका हुन्छ । त्यो आफ्नो देखाउने । बैठकमा चुरे संरक्षणको विषयमा चर्चा भयो । अहिले सरकारले एउटा वन ऐन ल्याइराखेको छ । त्यो विषयमा पनि गम्भिर छलफल भयो ।’

बैठकमा सांसदहरु चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए । त्यसैगरी उनीहरुले सरकारले हालै ल्याएको वन ऐनका सम्बन्धमा पनि गम्भिर चासो लिएको पनि पार्टीका प्रमुख सचेतक यादवले बताउनु भयो ।