२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा

वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
अ अ+ अ-

दमक । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब रु ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् ।

पार्क सञ्चालकसमेत रहनुभएका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका अनुसार फागुन २६ गतेदेखि सर्वसाधारणका लागि टिकट खुला गरेर पार्क सञ्चालनमा आउने र त्यसका लागि आवश्यक तयारी पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब ३०० मिटर दक्षिणमा रहेको पार्क औपचारिकरुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि जिल्लामै उपयुक्त ठाउँ वाटर किङ्डम पार्क रहेको शिवसताक्षी नगरपालिका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताउनुभयो ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि स्थानीय व्यवसायीले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण शुरु गरेका थिए । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण शुरू गरिएको सञ्चालक सङ्ग्रौलाले बताउनुभयो ।

पार्कमा जीप लाइन, सुपरम्यान जीपलाइन र पछिल्लोपटक जीप साइक्लिङ पनि भित्र्याइएको छ । पार्क नखुल्दै सयौँ सर्वसाधारणले साइकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् । पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको सङ्ख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक सङ्ग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरीलगायतका जिल्लाबाट समेत सर्वसाधारण आउन थालेका छन् ।

सञ्चालक सङ्ग्रौलाका अनुसार पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने आठ प्रकारका आइटम पनि छन् । स्विमिङ पुलसहित वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइडलगायतका मनोरञ्जनात्मक खेल समावेश छन् । 

त्यस्तै, पार्कमा बालकबच्चासहित ज्येष्ठका लागि आवश्यक संरचना विश्राम निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्य अवलोकनका लागि विभिन्न संरचना निर्माण गरिएका छन् । पार्कबाट ५० ले प्रत्यक्ष रोजगारी पाएका छन् । 

पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका घुम्नयोग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका पर्यटकीयस्थलमा प्याकेजमा भ्रमण गराउनेसमेत सञ्चालक सङ्ग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीयस्थलमा पुर्‍याएर मनोरञ्जन दिलाइने छौँ”, यसका अलवा भारतका कालिङ्पोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना सङ्ग्रौलाले जानकारी दिनुभयो । रासस