• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु



काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु भएको छ ।नयाँ बानेश्वरस्थित संसद भवनमा अधिवेशन सुरु भएको हो ।

संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यसुचि रहेको छ ।