२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

नेकपा ओली पक्षको संसदीयदलको बैठक , ११५ सांसद उपस्थित भएको दाबी

नेकपा ओली पक्षको संसदीयदलको बैठक , ११५ सांसद उपस्थित भएको दाबी
अ अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिनुभएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफुहरुकै जित हुने बताउनुभएको प्रमुख सचेतक भट्टराईको भनाई छ ।

उहाँले भन्नुभयो –‘संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय दलको बैठक बस्यो । आज हामी असाध्यै उत्साहप्रद रुपमा बैठक सम्पन्न गरेका छौँ । र बैठकमा संख्यात्मक हिसाबले १ सय १५ भन्दा बढीको उपस्थिति भएको छ । २४ जना राष्ट्रिय सभाका सदस्यहरु उपस्थित हुनुहुन्छ र केही राष्ट्रिय सभा सदस्यहरुले हामी भोली उपस्थित हुन्छौँ भनेर उहाँहरु बाहिर भएका कारणले केही उपस्थित हुन सक्नुभएको छैन । ९१ जना प्रतिनिधि सभाका सदस्यहरु उपस्थित हुनु भो । १ सय १५ जनाको उपस्थिती आज रहेको छ । केही आउँदै पनि हुनुहुन्छ । अहिलेपनि बाटोमै हुनुहुन्छ । हामि असाध्यै उत्साहजनक हिसाबले यो बैठक सम्पन्न ग¥यौँ ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा चाहीँ आज हामी यहाँ १ सय १५ जना उपस्थिति भयौँ भोली यो संख्या बढ्छ । १ सय २०, १ सय ३० हुँदै यो संख्या बढेर जान्छ । यो देशको पक्षमा, जनताको पक्षमा हामी लागिराखेका छौँ । सरकार त्यस हिसाबले चलिराछ । हाम्रो संसदीय दल त्यस हिसाबले क्रियाशिल छ । त्यसोभएको हुनाले उत्साहजनक हिसाबले अगाडी बढौँ । हामी देश र जनताको पक्षमा छौँ । जित हाम्रो हुन्छ । ढुक्क भएर अगाडी बढौँ भनेर उहाँले सम्बोधन गर्नुभयो ।’ प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘अविश्वासको प्रस्तावको कुरा  कसले ल्याउने भनेको छ त्यो हामीलाई जानकारी छैन । तर अविश्वासको प्रस्ताव आए पनि, जे आएपनि मेरो विचारमा त्यो अविश्वासको प्रस्ताव अहिलेको स्थितिमा जसरी सरकार अगाडी बढिराछ त्यस हिसाबले चाहिँ त्यो अविश्वासको प्रस्ताव पास हुने त कुरै छैन । कसैले हिम्मत गर्छ भन्ने मलाइ लाग्दैन ।’
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को संसदीय दल विभाजित नभएको प्रमुख सचेतक भट्टराईले बताउनुभयो । कानुनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै उहाँले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘अलिकति नेता र अलिकति केही उहाँहरु अर्को हिसाबले हिडिराख्नु भाको छ । तर नेपाल कम्युनिष्ट पार्टी नेकपा, हाम्रो संसदीय दल र हाम्रो सरकार यो क्रियाशिल अवस्थामा छ । त्यो विभाजित अवस्थामा छैन । संगठित रुपमा नै त्यो अगाडी बढिराछ । त्यसकारणले जो जो बाहिर हिडिरहनु भाछ नेताहरु मेरो विचारमा उहाँहरुले पनि गल्ती कमजोरी महसुस गरेर फर्किनुहुन्छ भन्ने लाग्छ मलाई ।

समयक्रममा केही ढिला हुनसक्छ कतिपय मानिसहरु भोली फर्किन सक्नुहुन्छ कतिपय मानिसहरुलाई केही ढिला हुनसक्छ तर यो आन्दोलन संगठित रुपमानै अगाडी बढ्छ भन्ने मेरो विश्वास छ । कानुनी हिसाबले विभाजन हुने कुरा धेरै कठिन कुरा छ । राजनीतिक व्यवहारिक रुपमा केही नेताहरु र केही कार्यकर्ताहरु बाहिर भएको स्थिति छ । यो आन्दोलन भन्दा अलिकति पृथक ढंगले चल्न खोजेको स्थिति छ । तर समयक्रममा उहाँहरुले पनि बुझेर यही आन्दोलनमा जोडिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

शुक्रबार नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । शनिबारको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठक २३ गते अपरान्ह ४ बजे बोलाइएको छ ।