२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आक्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ ।

बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ ।अल–सुडानी न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हंगामा मच्चाएको थियो ।

त्यसलाई पक्रने सम्पूर्ण प्रयास असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो । तर, फोक्स न्युजले भने टार्को एभिएसनको सो विमानमा अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ । नेपाल समाचारपत्र दैनिकमा छ ।