२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गप्टिलले जिताए न्यूजील्यान्डलाई, अस्ट्रेलिया विरुद्धको शृंखला ३–२ जित्यो



अ+ अ-

वेलिङ्टनः अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले जितेको छ । वेलिङ्टनमा आइतबार खेलिएको पाँच खेलको शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भयो । जितका नायक न्यूजील्यान्डका मार्टिन गप्टिल र डेभोन कन्वे रहेका थिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत गरेको थियो । तर उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो । यो जितसँगै शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ ।

न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले अविश्वसनीय बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले ३ (२४ रन) र मार्क च्यापम्यानले १ (९ रन) विकेट लिएका थिए भने मिचेल सान्टनरले चार ओभरमा २१ रन मात्र दिएका थिए ।

मध्यम लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेका मार्टिन गप्टिलले ७१ रन बनाएका थिए जसमा उनले चार चौका र चार छक्का हिर्काएका थिए । कन्वेले पनि ३६ रन बनाएका थिए । यो प्रारम्भिक जोडीले पहिलो विकेटका लागि १०६ रनको साझेदारी गरेका थिए ।

न्यूजील्यान्डका कप्तान केन विलियम्सन पहिलो बलमै आउट भएर न्यूजीन्यान्ड केही दबाबमा देखिए पनि ग्लेन फिलिप्सले पाँच चौका र दुई छक्का प्रहार गरेर सहज विजयतर्फ डोर्याएका थिए ।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ४४ तथा आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २४ रनको योगदान दिएका थिए । AFP