• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

वरिष्ठ पत्रकार भण्डारीको ‘फर्केर हेर्दा’ बजारमा



दमौली । तनहुँका वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको कृति ‘फर्केर हेर्दा’ बजारमा आएको छ । तनहुँको भिमाद नगरपालिका–६ निवासी भण्डारीको एक सय २२ पृष्ठ लामो जीवनवृत्तान्त पुस्तक बजारमा आएको हो ।

पुस्तकमा विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण गतिविधि समेटिएको भण्डारीले जानकारी दिनुभयो । पुस्तकमा ४० उपशीर्षकमा लेखरचना समावेश छन् । यसलाई पाँच अध्यायमा विभक्त गरिएको उहाँको भनाइ छ ।

पहिलो अध्यायमा बाल्यकाल, शिक्षा आर्जन र जागिरे जीवनलाई चित्रण गरिएको छ । दोस्रो अध्यायमा राजनीतिक गतिविधि समावेश छ । तेस्रो अध्यायमा पत्रकारिताबारे उल्लेख छ भने चौथो अध्यायमा जीवनका विविध विषयका लेखरचना समावेश छ । त्यस्तै पाँचौँ अध्यायमा केही पूर्वप्रकाशित लेख समावेश गरिएको छ ।

प्रेस स्वतन्त्रता सेनानी भण्डारीले भन्नुभयो, “मेरो स्मृति पटलमा अमिट छापका रुपमा सम्झनाका पाना पल्टाउँदै गर्दा पुस्तक तयार भएको छ । बाल्य कालदेखिका मेरा व्यक्तिगत जीवनसँग जोडिएका घटनाक्रममा आधारित पुस्तक नेपाली वाङ्मय भण्डारमा के कति उपयोगी होला पाठकको छनोटको विषय हो भन्ने लागेको छ ।”

पुस्तकमा प्रसङ्गवस आएका कुरा मात्र टिपोट गरेको जनाउँदै भण्डारीले सबैकुरा समेटिने सम्भावना रहेको उल्लेख गर्नुभयो । पुस्तकमा आरम्भ शिक्षा र जागिर, राजनीतिक यात्रा, पत्रकारिता, विविध र पूर्व प्रकाशित केही लेखलाई समेटिएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–२ (साविक तिरतिरे मग्याम चिसापानी)मा विसं २००५ माघ २६ गते जन्मिनुभएका भण्डारीले यसअगाडि सम्पादकीय सङ्ग्रह भाग १ र भाग २ प्रकाशित गरिसक्नुभएको छ । भञ्ज्याङ दैनिकको सम्पादक रहिसक्नुभएका उहाँ लामो समय पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । रासस