२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय कराते च्याम्पियनसिपमा पुलिसका इलोनलाई स्वर्ण



अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लवका इलोन श्रेष्ठ र वागमती प्रदेशकी पुष्पका लामाले कृष्णप्रसाद भट्टराई स्मृति तेस्रो राष्ट्रिय कराते च्याम्पियनसिपमा शुक्रवार स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगिताको कुमुतेतर्पm ५५ केजी तौलसमूहमा इलोनले पुरुषमा र पुष्पकाले महिलामा स्वर्ण जितेका हुन् । इलोनले फाइनलमा मधेसका रितिक लामालाई हराए । यस तौलसमूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र नेपाल आर्मीका रमेश बुलनले कांस्य पदक जिते । यसै तौलसमूहमा महिलातर्पm पुष्पकाले फाइनलमा एपिएफकी निमा तामाङलाई हराइन् । पुलिसकी जया कार्की र आर्मीकी सुनिता सुनारले काँस्य पदक जिते ।

कुमुतेतर्पm नै पुरुष ५० केजी तौलसमूहमा वागमतीका साइमन श्रेष्ठले फाइनलमा पुलिसका साजन मोक्तानलाई हराउँदै स्वर्ण जिते । सशस्त्र प्रहरी बलको एपिएफ क्लवका निसान घले र सुदूरपश्चिम प्रदेशका आनन्द कामीले काँस्य पदकमा चित्त बुझाए । सिनियर कुमुतेको पुरुष ६० केजीमान एपिएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा लुम्बिनी प्रदेशका सुनिल समाललाई हराए । पुलिसका अंकित गुरुङ र सुदूरपश्चिमका अर्जुन थापाले काँस्य पदक प्राप्त गरे ।

सिनियर महिलातर्पm ६८ केजी तौलसमूहमा पुलिसकी रोजित ढुंगेलले स्वर्ण पदक जितिन् । उनले फाइनलमा कोशी प्रदेशकी युमसम राईलाई हराउँदै यो सफलता प्राप्त गरिन् । लुम्बिनीकी रक्षा शाही ठकुरी र वागमतीकी आसिका राईले काँस्य पदकमा चित्त बुझाए । हालसम्म कुल १० पदकमा छिनोफानो हुँदा पुलिसले सात स्वर्ण पदकसहित अग्रता बनाएको छ । वागमती प्रदेशले दुई स्वर्ण र एपिएफले एक स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा १७ स्वर्ण पदकका लागि छिनोफानो हुँदैछ । —न्युज एजेन्सी नेपाल