• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

पूनम पाण्डेः विश्वकपमा कपडा फुकाल्नुदेखि राज कुन्द्रासँगको झगडासम्म



एजेन्सी । भारतीय मोडल पूनम पाण्डेको निधनको खबरले सनसनी मच्चाएको छ । केवल ३२ वर्षको उमेरमा पाठेघरको मुखको क्यान्सरका कारण उनले संसारलाई बिदा गरिन् ।

पूनम पाण्डे हिन्दी फिल्म इन्डस्ट्रीको एक हिस्सा रहेकी छिन्, जसको जीवन सधैं विवादहरूमा घुम्छ । पूनम पाण्डेको छोटो जीवनमा संघर्ष निकै लामो रह्यो ।

आर्थिक संकटमा बाल्यकाल बित्यो
कानपुरकी पूनमको बाल्यकाल आर्थिक संकटमा बित्यो । लक–अपमा सहभागी हुँदा अभिनेत्रीले घरमा एक पैसा नभएको दिन पनि देखेकी थिइन् । यस्तो अवस्थामा उनको परिवारले खानाको नाममा भात, नुन र पानीले पेट भर्ने गर्दथ्यो ।

विवादसँग घनिष्ठ सम्बन्ध
जीवनमा अगाडि बढ्ने चाहनाले पूनम पाण्डे उत्तर प्रदेशको एउटा सानो सहर छोडेर मुम्बई पुगिन् । यहाँ पनि उनको बाटो कठिन रह्यो । फिल्म नशाबाट बलिउडमा प्रवेश गरेकी पूनम पटकपटक विवादको सिकार भइन् । भारतीय क्रिकेट टोलीबाट राज कुन्द्रासँग कानुनी लडाइँ लड्नेदेखि लिएर पूनमका केही विवादका बारेमा यहाँ चर्चा गरौँ ।

पूनम पाण्डेले भारतीय क्रिकेट टिमको बारेमा आफ्नो बयानले रातारात देशमा सनसनी मच्चाएकी थिइन् । अभिनेत्रीले फ्यानलाई वाचा गरिन् कि यदि भारतीय क्रिकेट टोलीले २०२१ को विश्वकपको खेल जित्यो भने, उनी आफ्नो लुगा फुकाल्नेछिन् । पुनमको यो भनाइले उनलाई तुरुन्तै चर्चामा ल्यायो ।

श्रीमानमाथि यौन दुर्व्यवहारको आरोप
तीन वर्ष डेटिङ गरेपछि पूनम पाण्डेले सन् २०२० मा आफ्ना प्रेमी साम बम्बेसँग विवाह गरेकी थिइन् । तर, अभिनेत्रीको विवाह एक महिना पनि टिक्न सकेन । गोवामा हनिमुनका क्रममा पूनम पाण्डेले श्रीमान् विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । पूनमले आफूलाई साम बम्बेले यौन दुव्र्यवहार गरेको र त्यसपछि गम्भीर परिणाम भोग्ने धम्की दिएकी थिइन् ।

राज कुन्द्रासँग कानुनी लडाइँ
शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएर विवादमा आएका थिए । त्यही क्रममा पुनम पाण्डेसँगको उनको कानुनी लडाई पनि चर्चामा आयो । नायिकाले आफ्नो नाममा एप बनाउन राज कुन्द्रासँग सम्झौता गरेकी थिइन् । त्यसको बदलामा उनीहरुले राजस्वमा हिस्सा पाउने निर्णय भएको थियो । पुनम पाण्डेका अनुसार कम्पनीमा सेयरलाई लिएर विवाद चलिरहेको थियो । यस्तो अवस्थामा उनले आफ्नो सम्झौता फिर्ता गरिन् तर त्यसको परिणाम उनले पनि भोग्नु परेको थियो ।

पूनमको जीवन नरक बन्यो
पूनम पाण्डेले भनिन्, ‘केही दिनपछि उनको व्यक्तिगत नम्बरमा अपरिचित व्यक्तिबाट फोन आउन थाल्यो । यो सबै देखेर पुनम यति विचलित भइन् कि उनले केही महिनाको लागि देश छोडेकी थिइन् । पुनम पाण्डेले राज कुन्द्रामाथि धेरै गम्भीर आरोप लगाएकी थिइन् । उनले राजसँग काम गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको बताइन् । उनले आफ्नो सम्झौता फिर्ता लिएपछि उनलाई तलब पनि दिइएन । यसबाहेक, उनको व्यक्तिगत खाताहरू ह्याक गरियो र उनको गोपनीयता उल्लङ्घन गरियो ।