८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भए: अध्यक्ष ओली

विकासका सहयोगी हुनुपर्ने बैंकहरु मिटरब्याजी भए: अध्यक्ष ओली
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाउनुभएको छ ।

शुक्रवार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको बताउनु भयो । उहाँले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने बताउनु भयो । उहाँले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गर्नुभयो । उहाँले बैंकको ऋण नतिर्ने आन्दोलन बैंकहरुले नै बनाएको आधारमा भएको दाबी गर्नुभयो । उहाँले बैंकहरुले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी गर्नुभयो । उहाँले बैंकको ऋण सदुपयोग भए/नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको अध्यक्ष ओलीको भनाई छ । बैंकहरुले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन/बढाउन सकिने उल्लेख गरेको भएपनि बैंकहरुले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको उल्लेख गर्नुभयो । उहाँले बैंकबाट कर्जा लिँदा दुई पक्षिय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएको बताउनु भयो । बैंकहरु नाफाखोर, निर्मम साहुजी नभएको भन्दै बैंक विकासका सहयोगी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । बैंकहरु पनि मिटरब्याजी भएका छन् । तीन महिनामा साँवामा गाभ्ने भएन । कर्जा लैजानेले तिर्नु पनि पर्छ होला । कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो । लगानी गरेर प्रतिफल आउनुपर्छ । प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ । अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन । बैंकको ऋण नतिर्ने भनेर बैंकहरुले केही आधार बनाइदिएकाले आन्दोलित भएका हुन् । बैंकहरुले जसलाई ऋण आवश्यक छैन । उसलाई बिना धितोमा पनि ऋण दिन्न्छन् । जसलाई पुँजी आवश्यक छ त्यसलाई बैंकले राम्रो खालको धितो लिन्छ । बैंकले दिएको ऋण सदुपयोग भएको छ वा छैन । त्यो बैंकले केही हेर्दैन। धितो छ के मतलव भनिएको छ । धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम होइन ।’

‘बैंकहरुले लगानी गरेपछि अनुगमन र सदुपयोग भएको छ की छैन भनेर पनि हुर्नुपर्छ । बैंकले सस्तो ब्याजमा पैसा पाएको हुन्छ । बैंकहरुले ऋणलाई कर्जा दिँदा ब्याजदर घटाउन बढाउन सकिने छ भनेको हुन्छ तर घटाउने कहिल्यै हुँदैन । कर्जा लिँदा दुईपक्षिय सहमति बिना ब्याज दर घटबढ गर्न पाइँदैन । यो व्यवस्था गर्नुपर्छ । बैंकले एकतर्फि रुपमा कर्जाको ब्याजदर बढाउनु हुँदैन । ऋणले ९ प्रतिशतमा लिएको कर्जा १४ प्रतिशतसम्म पुग्यो । ऋण तिर्न जाँदा बैंकको हिसाव ठूलो बनाएर बसेको हुन्छ । कर्जा लिँदा भएको सम्झौता परिवर्तन गर्नुपर्छ भने ऋण लिने र ऋण दिने दुवैको सहमतिबाट मात्रै गर्नुपर्छ होइन भने कर्जा तिर्न नसक्ने हुन्छ । बैंकहरुलाई मर्का परेर ब्याज बढायौं भनेर अरुलाई परेको मर्का पनि बुझ्नुपर्छ । बैंकका निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन हुन् । बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन् । बैंक विकासका सहयोगी हुन् । विकासका प्रयासमा बैंकहरुले सहयोग गर्नुपर्छ ।’

उहाँले नेपालमा बीमा कर कापले गर्ने गरेको बताउनु भयो । उहाँले करले गरेको बीमाको तीन किस्तासम्म तिर्ने त्यसपछि बीमा अलपत्र पर्ने गरेको उल्लेख गर्नुभयो । उहाँले अलपत्र परेको बीमा कम्पनीको नाफामा जाने तर बीमा गर्नेले उसको लागत कटाएर पैसा फिर्ता गर्न नजानेको बताउनु भयो । उहाँले बीमा गरेर प्रिमियम तिर्न नसक्दा बीमकको पैसा ल्याप्स हुन नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले देश अहिले राजनीतिक,सामाजिक र आर्थिक हिसावले अफ्ठ्यारो स्थितिमा रहेको बताउनु भयो । उहाँले देशमा डरलाग्दो संस्कृति अभाव खड्किरहेको बताउनु भयो ।