• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

दाहाल नेपाल पक्षले गर्यो संसद बैठक बहिस्कार



काठमाडौं । आज शुरु भएको संसदको बैठक सत्तारुढ पार्टीकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिस्कार गरेको छ । आज संसदको बैठक शुरु हुनासाथै सत्तापक्षका एकजना नेता भिमबहादुर रावलले प्रधानमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका थिए । 

उनले संसदमा विशेष समय लिएर बोल्दै आफैले हत्या ंगरेको संसदमा आएर प्रधानमन्त्रीले अध्यादेश पेश गर्ने भनेर प्रश्न गरेका थिए । त्यसपछि उनले बोल्दै यो सदनमा प्रधानमन्त्रीले वैधानिकता गुमाएकोले उनले सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी विधेयकहरु यो संसदमा ल्याउने बैधानिकता नराखेको भन्दै आजको कार्यसूचीमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन आग्रह गरे । 

आजको कार्यसूचीमा संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यो विधेयक सरकारले प्रस्तुत गर्न नपाउने भनी अडान लिए । यदि सभामुखले सो विधेयक प्रस्तुत गर्ने अनुमति दिने हो भने आफूहरु बहिस्कार गर्न बाध्य हुने बताएका थिए । 

त्यसपछि पनि सभामुले सो विधेयक प्रस्तुत आजै हुनुपर्ने भनेपछि सो समूहका सांसदहरुले आजको संसद बैठक बहिस्कार गरेका थिए । सभामुखसमक्ष आफूहरुले बैठक बहिस्कार गर्ने भनी भिम रावलले बहिस्कार गरेपछि प्रचण्डसहितका नेताहरुले बहिस्कार गरेका थिए ।