१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा इस्कोन नेपालको भक्ति उत्सव कार्यक्रम-फोटो फिचर



अ+ अ-

बिराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन)ले बिराटनगरमा भक्ति उत्सव कार्यक्रम गरेको छ ।

विराटनगरको अतिथि सदनको सभाहालमा सुभारम्भ भएकाे कार्यक्रम माघ १८ गते देखी २१ गते सम्म संञ्चालन हुने छ । कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट करिब ६०० जनाको उपस्थिति रहेको छ।

युवा सशक्तिकरण शीर्षक रहेको कार्यक्रमा सेमिनार, संस्कृति कार्यक्रम, नगर हरिनाम संकिर्तनका साथै झाँकी प्रस्तुत गरिने इस्कोनले जनाएको छ ।

उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले,आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले कार्यक्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत मार्गमा हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुरानाले विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा मोरङ जिल्लाका डि।एस।पी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीर कुमार अग्रवालले आफ्नो धारणा व्यक्त गरेका गर्नुभएको थियो ।