• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चौधरी र थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि पक्राउपरेका व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापाविरुद्ध कीर्ते तथा ठगी मुद्दामा अनुसन्धान हुने भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा सीआईबीले दुवै जनालाई आज बिहान पक्राउ गरेको थियो ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन प्रमुख सिंहलाई प्रयोग गरेर २०४३ भदौ १० गते बिनोद चौधरीले च्याम्पियन फुटवेयर कम्पनी लिमिटेडका नाममा १० रोपनी जग्गा लिएका थिए ।

उनीहरूसँगको बयानपछि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।