• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

यू–१९ विश्वकप: एक खेल पनि नखेल्दै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त



काठमाडौं । नेपालको यू–१९ विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । मंगलबार भारत र पाकिस्तानले जित निकाले पछि सुपर सिक्समा एक खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिन पुगेको हो ।

मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ ।

सुपर सिक्सको ग्रुप १ मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ । बंगलादेश र न्युजिल्यान्डसँग २–२ अंक छ भने नेपाल र आयरल्यान्ड अंकबिहिन छन् । समूह चरणमा भारत र पाकिस्तानले सबै ३ खेल जितेका थिए ।

भारतले सुपर सिक्स पुगेका बंगलादेश र आयरल्यान्ड तथा पाकिस्तानले न्युजिल्यान्ड र नेपाललाई पराजित गरेको आधारमा दुई टोलिसङ्ग मजबुत ४ अंक रहेको थियो । त्यसैमा मंगलबारको जितले भारत र पाकिस्तानलाई सेमिफाइनल सम्भावनालाई बलियो बनाएको हो ।

अर्कोतर्फ बंगलादेशको पनि गणितिय सम्भावना बाँकी छ । अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नु पर्ने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जितेपनि ४ अङ्क मात्रै हुनेछ ।

नेपालले सुपर सिक्समा आफ्नो पहिलो खेल आज बुधबार बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो । समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन् ।

समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको नेपाल अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।

समूह चरणपछिको सुपर सिक्समा नेपालसहित १२ टिम सहभागी छन् । सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन् ।

अहिलेसम्म भारतले सर्वाधिक (५ पटक) यू– १९ विश्वकपको उपाधि जितेको छ । यस्तै, अष्ट्रेलियाले तीन पटक उपाधि जित्दा पाकिस्तानले दुई पटकउपाधि उचालेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्ड एक एक पटक च्याम्पियन बनेका छन् ।