५ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न वर्षाले विभिन्न सडक अवरुद्ध बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय शाहले एसीसी अध्यक्षबाट राजीनामा दिन सक्ने, आईसीसी अध्यक्षमा चुनाव लड्ने तयारी



अ+ अ-

एजेन्सी । जय शाहले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्ष पदबाट राजीनामा दिन सक्नेछन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)मा सचिव पदमा कार्यरत शाहले आईसीसी अध्यक्ष पदका लागि चुनाव लड्ने छन् । त्यसैले उनले एसीसीको पद छाड्न सक्ने बताइएको छ ।

एसीसीको वार्षिक साधारण सभा आज अर्थात मङ्गलबारदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । बैठक २ दिनसम्म चल्नेछ । बैठकमा एसीसीको प्रसारण अधिकारबारे पनि निर्णय हुने छ ।

एसीसी अध्यक्ष पदका लागि प्रत्येक २ वर्षमा एकपटक निर्वाचन हुने गरेको छ, जय शाहले हाल आफ्नो पदको एक वर्ष पूरा गरेका छन् । आईसीसीको अध्यक्ष पदका लागि लड्नु पर्ने भएकाले आगामी निर्वाचनअघि नै उनले पद छाड्ने विश्वास गरिएको छ ।

यसै वर्षको नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निर्वाचन हुँदैछ, त्यसअघि एसीसीको बैठकमा शाहले आईसीसीको अध्यक्षमा उम्मेदवारी दिने कि नदिने भन्ने टुंगो लाग्ने बताइएको छ ।