• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

यू–१९ विश्वकपमा सुपर सिक्स चरणका खेल आजबाट



काठमाडौँ । दक्षिण अफ्रिकामा जारी एकदिवसीय यू–१९ विश्वकप क्रिकेटमा आज मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् ।

समूहचरणका खेल सकिएसँगै ४ समूहबाट हरेक तीन टोलीले सुपर सिक्समा स्थान बनाएका छन् । सुपर सिक्समा १२ देशलाई २ समूहमा विभाजन गरेर ६–६ टिमका दुई समूह बनाइएको छ ।

सुपर सिक्सको समूह १ मा नेपालसहित न्युजिल्यान्ड, पाकिस्तान बंगलादेश आयरल्यान्ड र भारत रहेका छन् । यस समूहबाट भारत र पाकिस्तान समूहचरणको ४ अंक लिएर प्रवेश गरेकाले उनीहरूको सेमिफाइनल सम्भावना बलियो छ ।

आफूले पराजित गरेको टोली सपुर सिक्समा पुगे उनीहरूलाई हराएको अंक ‘क्यारि’ हुने भएकाले भारतले समूहचरणमा बंगलादेश र आयरल्यान्डलाई हराउँदै जोडेको चार अंक सुपर सिक्समा कायम रहने छ । बंगलादेश र आयरल्यान्ड सुपर सिक्समा पुगेकाले यस्तो भएको हो ।

त्यस्तै, पाकिस्तानले पनि नेपाल र न्युजिल्यान्डलाई हराएकाले उसले पनि चार अंकका साथनै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्समा एक टिमले दुई खेल मात्रै खेल्न पाउने छन् । पाकिस्तान र भारत एकै समूहमा रहे पनि यी दुई देशबीच खेल हुने छैन । समूह विजेता भएका टोलीले एक अर्काविरुद्ध खेल्नु नपर्ने भएकाले भारतको खेल समूह ‘डी’मा दोस्रो स्थानमा रहेको न्युजिल्यान्ड र तेस्रो स्थानको नेपालसँग हुनेछ । त्यस्तै पाकिस्तानले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको बंगलादेश र तेस्रो स्थानको आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर सिक्सका खेल आजदेखी ३ फेब्रुअरी (शनिबार) सम्म हुने छ । जहाँबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गर्नेछन् । अर्को समूहबाट पनि शीर्ष २ मा रहने टिम सेमिफाइनलका लागि छनोट हुनेछन् ।

समूह २ मा ‘बी’ र ‘सी’का शीर्ष तीन टोली रहेका छन् । जसमा आयोजक दक्षिण अफ्रिकासहित, अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, इंग्ल्यान्ड र जिम्बाब्वे रहेका छन् ।

आज तीन खेल
विश्वकपमा सुपर सिक्सअन्तर्गत आज तीन खेल हुनेछ्न् । जसमा भारत र न्युजिल्यान्ड भिड्दा अर्को खेलमा श्रीलंका र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, आज नै आयरल्यान्ड र पाकिस्तानबीच पनि खेल हुँदैछ । सबै खेल एकै समयमा ( दिउँसो १ः४५ बजे) सुरु हुनेछन् ।

नेपालले भने भोलि बुधबार बंगलादेशसँग खेल्नेछ । त्यसपछि फेब्रुअरी २ मा नेपालको खेल भारतसँग हुनेछ ।