• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

मन्त्री किरातीको प्रश्न: परिणाम दिन नसक्ने निगम अधिकारी किन राख्ने ? मैले काम गर्न नसके प्रधानमन्त्रीले मलाई किन राख्ने ?



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम परिणाम दिन नसक्ने निगम अधिकारी किन राख्ने भन्दै प्रश्न गर्नुभएको छ ।

सन २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहाज बनाउन निर्देशन दिएको करिव ६ महिना सम्म पनि कार्यन्वयन नभएपछि मन्त्र किरातीले यस्तो प्रश्न गर्नुभएको हो । कानुनी प्रकृया पुराभएको २ महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किरातीलाई जानकारी गराएपनि हाल सम्म पनि कार्यन्वयन भएको छैन ।

मन्त्री किरातीको निर्देशनपछि बायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको २ महिना वित्न लाग्द समेत जहाज नबनेपछि सोमबार मन्त्री किराती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुग्नु भएको थियो । जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाए पछि उहाँ आक्रोशिहत हुनु भएको हो ।

निर्देशन पछि किरातीले भन्नुभयो “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो जहाज कहिले सम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ? मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लक्षित गर्दै भन्नुभयो । “मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो । तपाँईबाट मैले जस्तै म बाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ । मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने ?

बोर्ड बैठकबाट करिब २० करोड सम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हाल सम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराती खरो उत्रिनु भएको हो ।  मन्त्री किरातीले प्रत्येक हप्ता आफु निरिक्षणमा आउने र कार्ययोजना अनुसार काम गरेर प्रगति विवरण आफुलाई पेश गर्न निगमलाई निर्देशन दिनु भएको छ ।

मन्त्री किरातीले कानुनी बाधा हटाउन आफु तयार रहेको र आफुलाई खालि परिणामसंग सरोकार रहेकाले जसरी हुन्छ चाडो जहाज बनाई सक्न निर्देशन दिनुभयो । अन्यथा आफु निर्मम भएर ढिलासुस्ति गर्ने कर्मचारीप्रति कदम चाल्ने उहाँले चेतावनी दिनुभयो ।