३० माघ २०८१, बुधबार
,
Latest
बालेन शाहले भने “नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ “ स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ रारा रिसोर्ट शिलान्यास – निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन



अ+ अ-

काठमाडौँ  : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो ।

सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य हुनुहुन्थ्यो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो ।