२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नार्कका निर्देशक नियुक्ति छानबिन गर्न माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद बिनिता कठायतले कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकको नियुक्तिबारे तत्काल छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य कठायतले आज समितिका सभापति डा आरजु राणालाई नवनियुक्त नार्कका कार्यकारी निर्देशक डा धुव्रराज भट्टराईको नियुक्ति ऐनबमोजिम नभएको जनाउँदै तत्काल छानबिन गर्न माग गर्नुभएको हो ।

उहाँले नार्कका नवनियुक्त निर्देशक डा भट्टराईको नियुक्ति नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ अनुसार नभएको जनाउँदै सभापति राणालाई ध्यानाकर्षणपत्र बुझाउनुभयो । “नियुक्त व्यक्तिले नार्क ऐन २०४८ मा उल्लेखित योग्यता पूरा नगरेको देखिन्छ”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “विशेष गरी कृषि सम्बन्धित विषयमा स्नातकोत्तर, कृषि अनुसन्धानमा दश वर्षको कार्य अनुभव र कृषि अनुसन्धानमा प्रकाशित कृतिको अभिलेख मापदण्डबाट यो विचलनले स्थापित मापदण्डको वैधता र पालनाबारे प्रश्न खडा गर्छ ।”

सभापति डा राणाले ध्यानाकर्षणपत्र बुझ्दै उक्त विषयमा समितिमा छलफल गर्ने र आवश्यक निर्देशन दिने प्रतिबद्धता दिनुभएको सांसद कठायतले बताउनुभयो । रासस