२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो टेस्टअघि भारतलाई दुई ठूला झट्काः जडेजा र राहुल चोटका कारण बाहिर



अ+ अ-

एजेन्सी । इङ्ल्यान्डविरुद्ध फेब्रुअरी २ बाट सुरु हुने दोस्रो टेष्ट खेलअघि भारतीय टोलीलाई दुई ठूलो झट्का लागेको छ । बायाँ हाते स्पिन अलराउन्डर रविन्द्र जडेजा र ब्याट्सम्यान केएल राहुल चोटका कारण बाहिर भएका छन् ।

चयनकर्ताहरूले सौरभ कुमार, सरफराज खान र वाशिंगटन सुन्दरलाई टोलीमा समावेश गर्ने निर्णय गरेका छन् । पाँच खेलको सिरिजको पहिलो खेलमा भारत २८ रनले पराजित भएको थियो । यो खेलमा जडेजा र राहुल घाइते भएका थिए ।

हैदरावादमा भएको पहिलो टेस्टको चौथो दिन जडेजाको ह्यामस्ट्रिङमा चोट लागेको थियो । उनको खुट्टा स्क्यान गरी रिपोर्ट आउन बाँकी छ । यसै क्रममा केएल राहुलले तिघ्रामा दुखेको गुनासो गरिरहेका छन् । जसका कारण उनलाई पनि दोस्रो टेस्टमा आराम दिइएको छ ।

हैदरावाद टेस्टको चौथो दिन इंग्ल्यान्डका कप्तान बेन स्टोक्सको सिधा प्रहारबाट रविन्द्र जडेजा रनआउट भएका थिए। प्याभिलियन फर्कने क्रममा उनलाई हिँड्न कठिनाइ भएको थियो । खेल सकिएपछि जडेजाले हैदराबादमै आफ्नो खुट्टा स्क्यान गराए ।

जडेजाको स्क्यान रिपोर्ट मुम्बई इन्स्टिच्युटमा पठाइएको छ, जहाँ सबै खेलाडीको स्क्यान रिपोर्ट पठाइन्छ । रिपोर्ट आएपछि मात्र जडेजा एक टेस्टबाट बाहिरिने कि पूरै शृङ्खलाबाट बाहिरिने निश्चित हुनेछ ।