२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै समय मुम्बईको सडकमा सुत्ने यी सुपरस्टार, आज फ्लप फिल्मले समेत १०० करोडभन्दा बढी कमाउँछ



अ+ अ-

एजेन्सी । अक्सर मानिसहरु ठूला सपना देख्छन् तर ती पूरा गर्ने शक्ति सबैमा हुँदैन । बलिउडमा एक यस्तो स्टार छन् जसको औसत फिल्मले आज १०० करोडभन्दा बढी कमाउँछ ।

तर एक समय यस्तो पनि थियो जब बाध्यताका कारण मुम्बईको सडकमा सुत्नुपरेको थियो । जान्नुहोस् को हुन् यी अभिनेता ।

यो अभिनेता अरु कोहि होइन शाहरुख खान हुन । शाहरुख खानको एक झलक पाउनका लागि फ्यानहरु आतुर हुन्छन् । धेरै वर्षअघि एक अन्तर्वार्तामा किङ खानले मुम्बईमा बस्नको लागि आफ्नो शिरमा छाना समेत नभएको र सडकमै सुत्नुपरेको बताएका थिए ।

त्यसपछि समुद्रलाई हेर्दै उनले आफूलाई एक दिन मुम्बईको राजा बन्ने वाचा गरेका थिए । धेरै वर्षको मिहिनेतपछि शाहरुख खानको यो सपना पूरा भयो र उनी बलिउडका किंग खान बनेर धेरै वर्षदेखि इन्डस्ट्रीमा राज गर्दै आएका छन् ।

शाहरुख खानले गत वर्ष बक्स अफिसमा ब्लकबस्टर फिल्महरू दिए । ‘किंग खान’ले गत वर्ष ‘पठान’ बाट सुरु गरेका थिए । यसपछि उनले ‘जवान’ र त्यसपछि ‘डंकी’बाट ह्याट्रिक पूरा गरे । यी तीन फिल्मले बक्स अफिसलाई मात्र धनी बनाएनन् तर शाहरुखले पनि प्रमाणित गरे कि उनी अझै पनि सिनेमा जगतमा शासन गर्छन् ।

शाहरुख खानको लोकप्रियता यति धेरै छ कि उनको औसत फिल्मले पनि कम्तीमा १०० करोडभन्दा बढी कलेक्सन गर्छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, शाहरुख खानले आफ्नो अर्को फिल्म छोरी सुहानासँग गर्न सक्छन् । किंग खानकी छोरी सुहानाले ‘द आर्चिज’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । तर, फिल्मले खासै प्रतिक्रिया पाउन सकेन ।