२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या राम मन्दिरको मजाक उडाउने ६ नेता पक्राउ



अ+ अ-

एजेन्सी । भारतको गणतन्त्र दिवसको अवसरमा अयोध्यामा राम मन्दिर र प्रशासनविरुद्ध अभद्र टिप्पणी गर्ने ६ जनालाई प्रहरीले मुद्दा दर्ता गरी पक्राउ गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा जनसत्ता राष्ट्रिय एकता पार्टीका कार्यकर्ताले राम मन्दिर र प्रशासनविरुद्ध अभद्र टिप्पणी गरिरहेका थिए । त्यसैबखत प्रहरी पुगेपछि उनीहरुले एकजना प्रहरीमाथि पनि आक्रमण गरेका थिए ।

प्रहरीले यस घटनामा पार्टीका ६ कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आरोपीको स्कर्पियो, वागनआर र अर्को कार पनि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले अहिले थप कारबाही गरिरहेको छ ।

यस्तो थियो घटना

यो सम्पूर्ण मामिला बाराबंकी जिल्लाको नगर कोतवाली क्षेत्रको हो । यहाँ शुक्रबार जनवरी २६ मा जनसत्ता राष्ट्रवादी एकता पार्टीका करिब ५० कार्यकर्ता लखनउ–अयोध्या राजमार्गमा पुगेका थिए ।

ती सबैले एक दर्जन सवारीसाधनमा पार्टीको झण्डा, हुटर र डीजे बजाएर अयोध्या–लखनउ राजमार्ग अवरुद्ध गरे र राम मन्दिरलाई लिएर अभद्र टिप्पणी गर्न थाले र प्रशासन पतनको नारा लगाए । यस क्रममा उनीहरुले लखनउ–अयोध्या राजमार्गमा करिब एक घण्टासम्म कोलाहल मच्चाएका थिए ।

घटनाको जानकारी पाउनासाथ मोहम्मदपुर चौकीका इन्चार्ज रवीन्द्रकुमार सिंह आफ्नो टोलीसहित घटनास्थल पुगेका थिए । लखनउ अयोध्या राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्ससहित धेरै सवारी साधनको लामो जाम भएको प्रहरीले जनाएको छ ।