• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

आईसीसीद्वारा श्रीलंका क्रिकेट बोर्डको निलम्बन फुकुवा



एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) माथिको निलम्बन फुकुवा गरेको छ ।

काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिमा बोर्डमा अब सरकारको हस्तक्षेप नरहेको बताएको छ । यस्तो अवस्थामा बोर्ड तत्काल प्रभावबाट पुनर्स्थापित हुन्छ ।

सरकारको हस्तक्षेपपछि आईसीसीले नोभेम्बर–२०२३ मा भएको विश्वकपमा श्रीलंकाको बोर्डलाई निलम्बन गरेको थियो । एकदिवसीय विश्वकपमा निराशाजनक प्रदर्शनका कारण त्यहाँको खेलकुद मन्त्रालयले नोभेम्बर ६ मा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गरेको थियो ।

एसएलसी निलम्बन गर्दा आईसीसीले कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप नहुने बताएको थियो तर पछिल्ला केही दिनदेखि श्रीलंकाको बोर्डले खुलेर काम गर्न सकेको छैन ।

यही निलम्बनका कारण श्रीलंकाले पुरुष यू–१९ विश्वकपको आयोजकत्व गुमाउनु परेको थियो । यो प्रतियोगिता दक्षिण अफ्रिकामा हुँदैछ । श्रीलंकाको टोलीले आफ्ना दुवै खेल जितेर तेस्रो लिग खेल अस्ट्रेलियासँग खेल्दैछ ।