२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलिया दुवैले पाए उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड



अ+ अ-

एजेन्सी । ६९औँ फिल्मफेयर अवार्डको घोषणा आइतबार राति भएको छ । रणवीर कपूरले एनिमलमा आफ्नो भूमिकाका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

यस्तै रकी और रानी की प्रेम कहानीका लागि आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर अवार्ड प्रदान गरियो ।

यस्तै, टुवेल्थ फेलले सर्वोत्कृष्ट चलचित्र र उत्कृष्ट पटकथाको अवार्ड प्राप्त गर्यो । सोही फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड पनि दिइएको थियो ।

शबाना आजमीले रकी और रानी की प्रेम कहानीबाट उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

ओएमजी २लाई उत्कृष्ट कथाको अवार्ड प्रदान गरियो । इशिता मोइत्राले रकी और रानी की प्रेम कहानीका लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर अवार्ड प्राप्त गरिन् ।

यस बाहेक पठानको गीत बेशरम रंगका लागि शिल्पा रावले उत्कृष्ट महिला पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् ।