८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा बेपत्ता आमाछोराको शव अछाममा भेटियो, एक जनाको शव खोजिदै



अ+ अ-

काठमाडौं । चार छोराछोरी सहित कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको शव अझै भेटिएको छैन ।

कर्णालीमा बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी ३५ बर्षिए सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव मंगलवार अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए । 

प्रहरीका अनुसार  १६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो ।  ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । 

उनको खोजी कार्यमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ ।

स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो ।

मृतक सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थालेको छ ।