२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकः प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कोइराला



अ+ अ-

मोरङ :  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त  गर्ने निर्णय गरेको छ ।

बैठकले मे २९ का दिन ‘सगरमाथा दिवस’ मनाउने निर्णय गरेको पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन २०८० स्वीकृत गर्नाका साथै प्रदेश योजना आयोगबाट अद्यावधिक प्रदेश पाश्र्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी, बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री उप्रेतीले जानकारी दिनुभयो  ।