३० माघ २०८१, बुधबार
,
Latest
भूमि बैंकमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार आगलागीमा तीन जनाको मृत्यु उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, उर्जा विकासलगातयका विषयमा छलफल आहा रारा गोल्डकप फुटबल : चर्च ब्वाइजलाई हराउँदै पुलिस क्लब उपाधि नजिक नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धीमा दाँजेर मूल्याङ्कन गरौँ – बालेन शाह स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन: राष्ट्रपति पौडेल शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते बागमती प्रदेशको वन ऐन संशोधन गरिने- मन्त्री सिलवाल मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण–उपाध्यक्ष अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौँमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी रहेको बताउनुभयो ।

नेपाल चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ट भएको उल्लेख गर्दै उपाध्यक्ष अर्यालले चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचको नियमित छलफल, अन्तरक्रिया र आपसी सम्बन्धले दुई देशको सम्बन्ध र सहकार्यमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको १३ बुँदे सहमतिले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको चर्चा गर्दै उहाँले सहमति कार्यान्वयनका लागि दुवै देशले आवश्यक प्रक्रिया तदारूकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई देशका पार्टीहरूबीच राजनीतिक संवाद, परामर्श र छलफल गर्न विभिन्न मञ्च बनाउँदा आपसी सम्बन्धमा सकारात्मक प्रभाव पर्नेमा जोड दिँदै उपाध्यक्ष अर्यालले त्यसका लागि नियमित उच्चस्तरीय भ्रमण, छलफलले सफलता मिल्ने बताउनुभयो ।

केही महिनाअघि आफूले चीनको स्वायत्त क्षेत्र सिजाङमा आयोजित ट्रान्स हिमालय फोरममा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको स्मरण गर्दै उहाँले नेपालको आर्थिक समृद्धि र विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको दोहो¥याउनुभयो । भौतिक पूर्वाधार निर्माण, कृषि क्षेत्रमा आधुनिकीकरण, नेपालको उत्पादन निर्यातजस्ता विषयमा छिमेकीको सहयोग अत्यावश्यक हुने उहाँको भनाइ थियो ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) अन्तरराष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान, नेपालस्थित चिनियाँ राजदूत छन सोङलगायतले नेपाल–चीन सम्बन्धका विविध आयामबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाललगायतको सहभागिता थियो । रासस