१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौगात र नाजिरको एक्सनले भरिपूर्ण ‘अगस्त्य’को टिजर सार्वजनिक



अ+ अ-

काठमाडौं । आगामी फागुन १८ गते रिलिज हुने फिल्म अगस्त्य च्याप्टर १’ को टिजर आज सार्वजनिक भएको छ । । ललितपुरस्थित क्युएफएक्स लबिम मलमा कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।

एक्सन प्रधान दुई मिनेटको टिजरमा सौगातलाई प्रेमीदेखि ग्याङस्टार हुँदै सडकमा पुगेको अवस्थासम्म देखाइएको छ ।

सौरभ चौधरी निर्देशित फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ ।

फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्मको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।

टिजरमा मुख्य कलाकारद्वय सौगात र नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । साथमा, सौगातको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकको मन जित्ने पक्का छ ।

यो फिल्मलाई साउथ फिल्मको शैलीमा तयार पारिएको छ । टिजरमा प्रयोग गरिएको व्याकग्राउन्ड स्कोर पनि गज्जब छ । संजय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।

फिल्मले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको टिजरबाट अनुमान गर्न सकिन्छ । तर, टिजरले फिल्मको कथालाई रहस्यमै राखेको छ । यसकाकारण, दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन टिजर सफल छ ।