८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ? (सूचीसहित)

समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ?  (सूचीसहित)
अ अ+ अ-

काठमाडौँ । समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेसले नेताहरूलाई विभिन्न प्रदेश र जिल्ला खटाएको छ ।

कांग्रेसले अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने बताएको छ ।  अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सहभागि रहने पौडेलले जनाए । अभियानमा खटिएको टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छन ।

जसको लागि कोशीमा डा शेखर कोइराला, डा नारायण खड्का र बलबहादुर के सी खटाईएको छ । मधेस प्रदेशमा र बागमती प्रदेशका ४ जिल्ला प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय ‘डिना’ तथा बागमती प्रदेशमा डा मिनेन्द्र रिजाल र पुष्पा भुसाललाई जिम्मेवारी दिइएको छ। ।

यस्तै, गण्डकी प्रदेश महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेश विमलेन्द्र निधि र डा डिला संग्रौला, कर्णाली प्रदेशमा डा शशांक कोइराला र सुदुरपश्चिममाभिष्मराज आङ्देम्बेसहितलाई खटाएको छ ।

कोशी प्रदेश:

१. डा.शेखर कोइराला– झापा र सुनसरी

२. डा.नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

३. बलबहादुर के.सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला:

१. प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।

२. महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन

बागमती प्रदेश

१. डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२. पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश

१. महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर

२.प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश

१. विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

२. डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश

१.डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश 

१. भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।