२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुदायमा कांग्रेस अभियान: कुन प्रदेशमा कुन नेता खटिए ? (सूचीसहित)



अ+ अ-

काठमाडौँ । समुदायमा कांग्रेस अभियान अन्तर्गत नेपाली कांग्रेसले नेताहरूलाई विभिन्न प्रदेश र जिल्ला खटाएको छ ।

कांग्रेसले अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने बताएको छ ।  अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।

टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सहभागि रहने पौडेलले जनाए । अभियानमा खटिएको टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने छन ।

जसको लागि कोशीमा डा शेखर कोइराला, डा नारायण खड्का र बलबहादुर के सी खटाईएको छ । मधेस प्रदेशमा र बागमती प्रदेशका ४ जिल्ला प्रकाशमान सिंह र महालक्ष्मी उपाध्याय ‘डिना’ तथा बागमती प्रदेशमा डा मिनेन्द्र रिजाल र पुष्पा भुसाललाई जिम्मेवारी दिइएको छ। ।

यस्तै, गण्डकी प्रदेश महेन्द्र यादव र प्रदीप पौडेल, लुम्बिनी प्रदेश विमलेन्द्र निधि र डा डिला संग्रौला, कर्णाली प्रदेशमा डा शशांक कोइराला र सुदुरपश्चिममाभिष्मराज आङ्देम्बेसहितलाई खटाएको छ ।

कोशी प्रदेश:

१. डा.शेखर कोइराला– झापा र सुनसरी

२. डा.नारायण खड्का– सङ्खुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

३. बलबहादुर के.सी.– मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुर ।

मधेस प्रदेश र बागमती प्रदेशका ४ जिल्ला:

१. प्रकाशमान सिंह– मधेसको महोत्तरी, सिराहा, सप्तरी र धनुषा तथा बागमतीको सिन्धुली र मकवानपुर ।

२. महालक्ष्मी उपाध्याय ‘डिना’ – बारा, पर्सा, रौतहट र सर्लाही तथा बागमतीको धादिङ र चितवन

बागमती प्रदेश

१. डा.मिनेन्द्र रिजाल– काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२. पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा

गण्डकी प्रदेश

१. महेन्द्र यादव– तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर

२.प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ

लुम्बिनी प्रदेश

१. विमलेन्द्र निधि– रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

२. डा.डिला सङ्ग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेश

१.डा.शशाङ्क कोइराला – दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेश 

१. भीष्मराज आङ्देम्बे– कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र कञ्चनपुर ।