• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सुन-चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य यथावत रहि बिहिबारकै मूल्यमा कारोबार भईरहेको छ । शुक्रवार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबारदेखि सुन यहि मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै, आईतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज शुक्रबारकै मूल्यमा यथावत रहि प्रतितोला १४ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।