३१ असार २०८३, बुधबार
,
Latest
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियलसँग बार्सिलोनाको ‘नमिठो’ हार



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले हार बेहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग घरेलु मैदानमै स्तब्ध बनेको हो ।

एकै खेलमा आठ गोल निस्किएको अवस्थामा बार्सिलोना ५–३ गोलले पराजित हुन पुग्यो । खेलको ४१ औं मिनेटमा जेरार्ड मोरेनेले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा इलियास एखोमाचले गोल थप्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

यता, ६० औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै बार्सिलोनालाई १–२ गोलको अवस्थामा ल्याए । ६८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । ७१ औं मिनेटमा भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेपछि बार्सिलोना ३–२ गोलले अघि बढ्यो ।

तर, ८४ औं मिनेटमा गोन्कालो गुएडेसले गोल गर्दै भिल्लारियललाई ३–३ गोलको बराबरीमा ल्याए । भिल्लारियलले इन्जुरी समयमा दुई गोल थप्दै रोमाञ्चक जित निकाल्यो । ९०+९ औं मिनेटमा अलेक्जान्डर सोर्लोठले तथा ९०+१२ औं मिनेटमा जोसे लुइस मोरालेसले गोल गर्दै भिल्लारियललाई ५–३ को रोमाञ्चक जित दिलाए ।

यो नतिजासँगै बार्सिलोना २१ खेलबाट ४४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । भिल्लारियल २२ खेलबाट २३ अंकका साथ १४ औं स्थानमा छ ।




भर्खरै