८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

थ्रिस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
अ अ+ अ-

कास्की । पोखरा रङ्गशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वाटरफाइनलको पहिलो खेल थियो । सार्वजनिक बिदा भएकाले साधारणतथा भिआइपी प्यारापिटमा दर्शक उल्लेख्य थिए ।

प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब । खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले । नियमित समयमा दुवैले बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो १५ मिनेटमा पनि गोल निस्केन । खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने आकलन गरिएको थियो ।

तर खेल सकिन छ मिनेटको समय बाँकी रहँदा थ्रिस्टारले पाुहना टोलीलाई स्तव्ध पार्दै गोलको खाता खोल्यो । पहिलो गोलपछि उत्साहित थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थप्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्रिस्टार क्लबसँग २-० गोलअन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।

थ्रिस्टारका लागि दुवै गोल आशीष चापागाईँले गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलको एक सय १४औँ र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईँले गोल गरेका थिए । नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको थियो । पाहुना टोली पारो भने सिधै क्वाटरफाइनल खेलेको हो ।

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ ।