३१ असार २०८३, बुधबार
,
Latest
मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन अर्थसम्बन्धी कानून संशोधन विधेयकः सुशासन प्रवर्द्धन हुनेमा सांसदहरूको विश्वास, राजश्व अनुसन्धानको संरचना परिवर्तनप्रति आपत्ति व्यावसायिक लागत घटाउन र कानुनी दोहोरोपना अन्त्य गर्न आधा दर्जन ऐन खारेज गरिँदै सभामुख अर्यालद्वारा सांसदहरूलाई जनस्तरमा पुग्न आग्रह, प्रतिनिधि सभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री गोलभेँडा किसानसँग मन्त्री गिता चौधरीको छलफल, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर… सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र बागमती तथा एपिएफ क्लब र गण्डकीबीच खेल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइरहेका छन् । लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भइरहेको छ ।

अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र गण्डकी प्रदेशबीच भइरहेको छ । लुम्बिनी र एपिएफ क्लबले आ–आफ्नो खेलमा ब्याटिङ गरिरहेका छन् ।

दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी अङ्क तालिकाको नवौँ स्थानमा छ । लुम्बिनीले हालसम्म खेलेका पाँच खेलमध्ये एउटामा विजयी हुँदै दुई अङ्क जोडेको छ । यस्तै बागमती अङ्क तालिकाको दोस्रो स्थानमा छ । बागमतीले हालसम्म आठ खेलमा पाँचमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

यस्तै एपिएफ क्लब अङ्क तालिकाको छैटौँ स्थानमा छ । एपिएफले ६ खेलमा तीनमा विजयी हुँदै ६ अङ्क बनाएको छ । गण्डकी हालसम्म खेलेका ६ खेलमध्ये दुईमा जित हासिल गर्दै चार अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा छ ।




भर्खरै