• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छः नेता लोहनी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको हो । उहाँले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताउनु भयो ।

उहाँले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताउनु भयो । उहाँले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमाले, काँग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पु¥याउनु नहुनेमा शतर्क रहनुपर्ने बताउनु भयो । उहाँले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको अवस्थामा हाम्रो पार्टीले जे गर्ने हो त्यो बडो स्पष्ट हुनुपर्छ । म एकैतालि उठ्छु पनि बस्छु पनि भन्न चाहीँ मिल्दैन । उठ्ने भए उठ्नुप¥यो । बस्ने भए बस्नुप¥यो । उठ्छु पनि, बस्छु पनि भन्न चाहीँ मिल्दैन । म त्यसमा क्लियर छु । ठिक छ बस्ने भए बसौँ । हाम्रो पार्टीको निर्णय गर्ने इकाइहरु छन् । केन्द्रिय कार्य सम्पादन समिति छ । केन्द्रिय कार्यसमिति नै छ । ल पार्टी बस्ने भयो भनौँ बस्नु कसरी बस्ने हो । पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्छ । बहुमतको निर्णयलाई । उठ्ने हो भने उठौँ । कुरा उठ्ने गर्ने । मौका प¥यो भने बसि पनि हाल्ने काम चाहीँ नगरौँ ।

अहिले धेरै साथीहरुको नेपाली समाज र यो देशलाई रुपान्तरित गर्ने शक्तिको रुपमा यसलाई खडा गर्ने हो भने हामीले आफ्ना एजेण्डाहरु लिएर जानुपर्छ उठ्नुपर्छ र आन्दोलनमा जानुपर्छ भन्ने सबै साथीहरुको विचार बुझेको छु र देशले खोजेको पनि अहिले त्यही हो । देशले पनि राप्रपा पार्टी हेरिरहेको छ । यस्तो स्थिति नआओस् राप्रपा पनि एमाले, काँग्रेस र माओवादी भन्दा केही फरक रहेनछ भन्ने स्थितिमा हामी नपुगौँ । यसप्रति शतर्क हौँ । त्यो स्थितिमा पुग्यौँ भने हामी गयौँ । किनभने सांगठनिक रुपमा उनीहरु बलियो छन् । उनीहरु छन् गाउँमा ।

हामी शक्तिको रुपमा आउने हो भने हामीले विचार, दृष्टिकोण र आन्दोलनको माध्यमबाट मात्र सक्छौँ । वैचारिक शक्ति र संगठनलाई सँगै लिएर जानुपर्छ । विधानमा सन्तुलन र नियन्त्रण छ । हाम्रो पार्टी भित्र केन्द्रीय कार्य सम्पादन समिति भनेको सन्तुलन र नियन्त्रण गर्ने संस्था हो । वादविवाद भयो भने मिलाउने संस्था हो । यसमा एकले अर्काको नियतमा शंका गर्नु हुँदैन । विधानले राखेको फोरमहरुको बैठक बोलाएर छलफल गर्ने हो । एकले अर्कोलाई शंका नगरौँ ।’