• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

‘मध्यपहाड नेपालको समृद्धिको आधारशीला’



म्याग्दी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मध्यपहाडलाई नेपालको समृद्धिको आधारशीलाका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । बेनीमा आज एमाले म्याग्दीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले हालै सञ्चालन गरिएको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने उल्लेख गर्नुभयो ।

“पहाडबाट बसाइँसराइ रोकेर अवसरको सिर्जना गराउन सरकारलाई सुझाव दिएका छौँ”, महासचिव पोखरेलले भन्नुभयो । जातिवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोहोर्याउन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा पुर्याएको छ ।”

महासचिव पोखरेलले निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतिविधि नियन्त्रण, उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माणसम्बन्धी दूरगामी योजनालाई महत्व दिँदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गर्नुभयो । जनतामा आशा जगाउँदै उनीहरूको समस्या पहिचान र सम्बोधन गराउँदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुनेगरी सङ्गठन निर्माणमा परिचालन हुन नेता–कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

दुई दिनसम्म चल्ने अधिवेशनले म्याग्दी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा चार सय १९ प्रतिनिधिले भाग लिएका छन् । रासस