२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सोचेअनुसारको काम गर्न सकेको छैनः मन्त्री गुरुङ संसदमा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा चार्ल्स तृतीय प्रोस्टेट शल्यक्रियाका लागि अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।

वेल्सकी राजकुमारीले पेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहनुभएको लन्डन क्लिनिकमा ७५ वर्षीय राजाको उपचार गरिनेछ । अस्पताल पुगेपछि राजाले राजकुमारी केटलाई भेट्नुभएको थियो ।

दरबारले भनेको छ, “राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ ।”

सोह्र महिनाअघि राजगद्दीमा बस्नुभएका राजा चार्ल्सलाई गत जनवरी १७ मा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उहाँको अवस्था सामान्य भएको पत्ता लागेको थियो । उहाँले कार्यक्रमहरू रद्द गर्नुभयो र उहाँलाई उपचार प्रक्रियाअघि आराम गर्न आग्रह गरिएको थियो ।

राजाको शन्यक्रियाका बारेमा प्रचारलाई सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार अन्य पुरुषहरूलाई प्रोस्टेटको परीक्षण गराउन प्रोत्साहन गर्ने अवसरका रूपमा हेरिएको छ ।

आफ्नो निदानले जनस्वास्थ्य जागरुकतामा सकारात्मक प्रभाव परेको जानेर राजा खुशी हुनुभएको दरबारले बताएको छ ।