२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग उपप्रमुख सुन नेपालमा



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुग्नुभएको छ । उपप्रमुख सुन माल्दिभ्स र बङ्गलादेशको भ्रमण गरेर तीन दिने भ्रमणका लागि नेपाल आइपुग्नुभएको हो ।

सुनलाई माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र सचिव गणेश साहले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । सुनले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेसँग भेट गर्ने कार्यक्रम छ ।

यस्तै, भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने र साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उहाँ आइतबार ९ देखि ११ बजेसम्म सोल्टि होटलमा हुने एउटा कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि आईतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ ।