२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्लु अर्जुनको स्वास्थ्य समस्याका कारण ‘पुष्पा–२’मा ढिलाई हुने



अ+ अ-

एजेन्सी । यही वर्ष रिलिज हुने साउथका दुई बहुप्रतिक्षित फिल्म अल्लु अर्जुन स्टारर ‘पुष्पा–२’ र जुनियर एनटीआर स्टारर ‘देवारा’का लागि दर्शकले केही समय कुर्नुपर्ने भएको छ ।

पुष्पा–२ को निर्माण पक्षले १५ अगस्ट २०२४ मा रिलिज मिति तय गरेपनि देवराका निर्माताहरुले भने अप्रिल ५ मा रिलिज गर्ने तयारी गरेका थिए । तर, अहिले यी दुवै फिल्म निर्धारित समयमा रिलिज नहुने सुनिएको छ ।

सुपरस्टार अल्लु अर्जुन लामो समयदेखि ‘पुष्पा–२’ को सुटिङमा व्यस्त थिए । तर, अहिले केही स्वास्थ्य समस्याका कारण उनले सुटिङबाट ब्रेक लिएका छन् । अल्लुले फेरि कहिले सुटिङ सुरु गर्ने हो थाहा छैन, तर उनको ब्रेकले फिल्मको पोस्ट प्रोडक्सनलाई असर गर्ने निश्चित छ ।