८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कोहली चौथो पटक ‘आईसीसी ओडीआई क्रिकेटर अफ द इयर’ घोषित

कोहली चौथो पटक ‘आईसीसी ओडीआई क्रिकेटर अफ द इयर’ घोषित
अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२३ को अवार्ड घोषणा गरेको छ । विराट कोहली चौथो पटक आईसीसी एकदिवसीय क्रिकेटर अफ द इयर चुनिएका छन् भने सूर्यकुमार यादव टी–२० क्रिकेटर अफ द इयर बने । यस्तै, अष्ट्रेलियाका ओपनर उस्मान ख्वाजा टेस्टमा उत्कृष्ट भए ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्स गत वर्षको आईसीसी क्रिकेटर अफ दि इयर बने भने महिला विधामा नताली सिभर ब्रन्टले यो अवार्ड प्राप्त गरिन् ।

कमिन्सले गत वर्ष आफ्नो टोलीलाई २ आईसीसी प्रतियोगिता जिताएका थिए । यसमा विश्व टेस्ट च्याम्पियनसिप र ​​विश्वकप समावेश छ । दुवै फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।

आईसीसीले बिहीबार १३ विधामा अवार्ड वितरण गरेको हो । जसमा टेस्ट, ओडीआई र टी–२० टिम अफ द इयरसहित तीनवटै फर्म्याटका पुरुष र महिला क्रिकेटर अफ द इयरको नाम सार्वजनिक गरिएको छ ।

विराट कोहली चौथो पटक आईसीसी ओडीआई प्लेयर अफ द इयर बने । यसअघि उनले सन् २०१२, २०१७ र २०१८ मा पनि यो अवार्ड जितेका थिए । सन् २०२० मा आईसीसीले उनलाई दशकको उत्कृष्ट ओडीआई प्लेयरको अवार्ड पनि दिएको थियो ।