• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

मधेश र गण्डकीमा सत्तागठबन्धनका उम्मेदबार बिजयी



काठमाडौं। राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित हुनु भएको छ ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अन्य समूहतर्फ बाट किरण वावु श्रेष्ठ महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी हुनु भएको छ ।

 

शर्मा ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी हुनु भएको हो । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गर्नुभयो ।