११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’ बजारमा खाना पकाउने ग्याँसको अभाव छैन: मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षको उपाधि खडेरी अन्त्य गर्दै ब्रिसबेनले जित्यो बीबीएलको उपाधि



अ+ अ-

एजेन्सी । बिग ब्यास लिग (बीबीएल १३)को १३ औं सिजनको उपाधि ब्रिसबेन हिटले जितेको छ । ब्रिसबेनले दोस्रो पटक यो उपाधि जितेको हो ।

आज भएको फाइनल खेलमा ब्रिसबेनले सिड्नी सिक्सर्सलाई ५४ रनले पराजित गर्यो । ब्रिस्बेन हीटले २०१२-१३ को बीबीएल सिजनमा उपाधि जितेको थियो । यसपछि, २०२४ मा, ब्रिसबेन हिटले ११ वर्षको खडेरी समाप्त गर्यो ।

फाइनल खेलमा पहिले ब्याटिङ गरेको ब्रिस्बेन हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन बनायो । जोस ब्राउनले ३८ बल सामना गर्दै ५३ रन बनाए । यस इनिङ्समा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । नाथन म्याकस्विनीले ३२ बलको सामना गर्दै ३३ रन बनाए । म्याट रेन्साको ब्याटबाट ४० रन आयो ।

जवाफमा १६७ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर्सको टोलीले १७ दशमलव ३ ओभरमा ११२ रन मात्रै बनायो ।

तीन पटकको च्याम्पियन सिड्नी सिक्सर्सको चौथो पटक च्याम्पियन बन्ने सपना अधुरो रह्यो । सिड्नी सिक्सर्स टोलीले सन् २०११, २०१९ र २०२० मा बिग ब्यास लिगको उपाधि जितेको थियो । ब्रिसबेनका स्पेन्सर जोनसनले फाइनल खेलमा ४ ओभरमा २६ रन मात्र खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।