१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते



अ+ अ-

उलानबटार । मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय ९नेमा० ले आफ्नो वेबसाइट मार्फत, ६० टन तरल प्राकृतिक ग्यास ९एलएनजी० बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचार सहितको हेरचाह भइरहेको छ ।

घटना स्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमाले आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ ।