११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं : भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले फेरि विभाजित हुने अवस्था नआउने बताएका छन् । बिहीवार बसेको एमालेको  नेपाल-खनाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न नसकिने बताएका हुन् ।

'नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं,' उनले भने, 'नेकपा माओवादी केन्द्रलाई पनि विभाजन गरिदिने, एमाले पनि विभाजन गरिदिने र नेपाललाई बाह्य शक्तिको खेलमैदान बनाउने, संविधानलाई पनि समाप्त गर्ने खेलको विरुद्धमा हामी छौं, उनले भने ।'

रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नहुने बताएका छन् ।  आफुहरुले केही नीतिगत छलफल गरेपनि अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् । 

'हामीले केही नीतिगत छलफल मात्र गरेका हौँ,' उनले भने, 'अर्को प्रधानमन्त्रीको खोजी भएको छैन ।'

रावल आज बसेको भेललाई गूटगत या समूहगत भेला भन्न नमिल्ने समेत दाबी गरे । 'यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ।'