८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वाणिज्य बैंकहरु मर्ज भएजस्तै लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक छ: खेम पाठक

वाणिज्य बैंकहरु मर्ज भएजस्तै लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक छ: खेम पाठक
अ अ+ अ-

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक,वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्र मार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताउनुभएको छ ।

संस्थाका अध्यक्ष पाठकले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाह सूचना केन्द्रमा नआउने अवस्था रहेको बताउनु भयो । सरकारले तत्काल बैंक,वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले सरकारले एकीकृत सूचना केन्द्र बनाए अहिले सहकारी र लघुवित्तहरुले कर्जा प्रवाहमा देखिएको समस्या न्युनिकरण हुनसक्ने बताउनु भयो । सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था नभएको भन्दै सूचना केन्द्रमा समावेश गराउने जिम्मेवारी सरकारको भएको बताउनु भयो ।

उहाँले वि.स.२०७४ सालमा बनेको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन नहुँदा पनि सहकारी क्षेत्रमा समस्या आइरहेका बताउनु भयो । उहाँले बैंक, वित्तीय संस्था र सहकारीको समेत हेर्न मिल्नेगरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाठकले एकीकृत सूचना केन्द्र बनाए वित्तीय संस्थाहरुलाई ऋण लगानी गर्न सजिलो बनाउने दाबी गर्नुभयो । अहिले बैंक, लघुवित्त र सहकारीको ऋण लिने एकै व्यक्ति धेरै देखिएको पनि अध्यक्ष पाठकले बताउनु भयो । बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने तर नतिर्ने अवस्था रहेको र बैंक, लघुवित्त र सहकारीको ऋणबारे तीनवटै निकायलाई कुनै एकबाट ऋण लिएको भन्ने जानकारी नहुने अवस्था रहेको बताउनु भयो । तीन निकायहरुबीच सूचना लिने दिने संरचना नै नरहेको बताउनु भयो । उहाँले सहकारी विभाग, सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर सहरकारीलाई नियमन गर्ने भनिए पनि व्यवहारमा त्यस्तो नभएको बताउनु भयो ।

उहाँले लघुवित्त वित्तीय संस्थाहरुको राष्ट्र बैंकले नियमनमा सञ्चालनमा रहेका संस्थाहरु अनुशासित रहेको उल्लेख गर्नुभयो । राष्ट्र बैंकले नियमन गर्ने भनिए पनि आवश्यक भन्दा बढी लघुवित्त संस्था खोल्न अनुमति दिएका कारण अहिले समस्या भइरहेको उहाँको भनाई छ । क्षमता अनुसारको संस्थाहरु स्थापना गर्नुपर्नेबारे सरकारले सोच्न जरुरी रहेको बताउनु भयो । नियमन गर्न नसक्दा धेरै सहकारी जन्मिएको उहाँले बताउनु भयो । अध्यक्ष पाठकले ३५ हजार बढी पुगेको सहकारी संख्या अहिले केही मर्ज भएर ३० हजारमा आएको बताउनु भयो । उहाँले ३० हजार सहकारीमा ५० प्रतिशत सहकारी मात्रै राम्रो रहेको बताउनु भयो । उहाँले बाँकी १५ हजार सहकारी नाम मात्र भएको र के काम गरिरहेका छन् भन्ने बारेमा अन्योलता रहेको बताउनु भयो । उहाँले सहकारी वा लघुवित्त संस्था धेरै बनाउने भन्दा पनि गुणस्तरीय र स्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘सहकारीलाई नियमन गर्ने निकाय सहकारी विभाग,सहकारी मन्त्रालय र स्थानीय सरकारमा विभाग बनाएर नियमन गरेको छ । लघुवित्त वित्तीय संस्थाहरुको राष्ट्र बैंक छ । राष्ट्र बैंक नियमन निकाय भएर निरीक्षण भएर चलेका संस्थाहरु अनुशासित छन् । बैंकहरु ट्रयाकमा भएको देखिन्छ । राष्ट्र बैंकको निर्देशन र नियमनमा चल्ने वित्तीय संस्थाहरु ठिक ठाउँमा छन् । तर राष्ट्र बैंकको निर्देशन नमान्ने संस्थाहरु धरासायी बन्दै गएका छन् । लघुवित्तमा राष्ट्र बैंकको नियमन कमजोरी देखिएको छ । धेरै लघुवित्त संस्थाहरु धेरै स्थापना गर्न अनुमति दिनु राष्ट्र बैंकको कमजोरी हो । क्षमता अनुसारको संस्थाहरु स्थापना गर्नुपर्छ भन्ने विषयमा राष्ट्र बैंकले सोच्नुपर्छ । सहकारीमा दर्ता गरिदिने जिम्मा हो भन्ने हिसावले धेरै संस्थाहरु भए । एक पटक ३५ हजार बढी सहकारी संख्या पुगेको थियो । अहिले एकीकरण गरेर ३० हजारमा आएको छ । जसमध्ये ५० प्रतिशत सहकारी मात्रै गरिखाने छन् । तर बाँकी कुन सहकारीले के गरिरहेको छ भन्ने थाहा नै छैन ।’

‘सहकारी वा लघुवित्त संस्था धेरै भएर हुँदैन । गुणस्तरीय र स्तरीय संस्था हुनुपर्छ । संस्था धेरै भए तर ती संस्थाहरुको नियमन र निरीक्षण गर्ने निकाय नभएकाले अहिले सहकारीमा समस्या आएको हो । सहकारी र लघुवित्तबाट ऋण लिनेहरुको कर्जा सूचना केन्द्रमा हेर्न मिल्ने अवस्था छैन । त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हो । सूचना केन्द्रको माग बारम्बार हामीले गरेका थियौं । २०७४ सालको सहकारी ऐन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसले पनि ठूलो समस्या ल्याएको हो । सरकारले बैंक,वित्तीय संस्था र सहकारीको समेत गर्न मिल्ने गरी एकीकृत सूचना केन्द्र बनाउन आवश्यक छ । यसले वित्तीय संस्थाहरुलाई ऋण लगानी गर्न सजिलो बनाउँछ । अहिले खोज्दा पाउन सक्दैनौं । सबैलाई यसले समस्या पारेको छ । अब सरकारले एकीकृत सूचना केन्द्रको रुपमा ल्याएर बैंक,वित्तीय संस्था र सहकारी सबैको त्यहाँबाट हेर्न मिल्नेगरी व्यवस्था भए अहिले भोगिरहेको अवस्था न्युनिकरण हुने थियो ।’

अध्यक्ष पाठकले वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुन आवश्यक रहेको बताउनु भयो । उहाँले एउटा स्थानीय तहमा धेरै एउटै प्रकृतिका लघुवित्त र सहकारी संस्था आवश्यक नहुने बताउनु भयो । उहाँले एउटा स्थानीय तहमा धेरै लघुवित्त र सहकारी संस्थाहरु हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य लिने, सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गर्ने गरेको बताउनु भयो । त्यस्तै अध्यक्ष पाठकले लघुवित्त र सहकारीमा देखिएका पछिल्ला समस्या सही रुपमा पुँजी परिचालन गर्न नसक्दा आएको दाबी गर्नुभयो ।

उहाँले सहकारी र लघुवित्तले कर्जा प्रवाह गर्ने काम मात्रै गर्ने तर संस्थाले गरेको लगानी कुन क्षेत्रमा लगानी भए/नभएको अध्ययन र अनुगनम नगर्दा समस्या पैदा भएको उल्लेख गर्नुभयो । उहाँले एक अर्को बीचमा ग्राहक बढाउने र धेरै कारोबार गरी धेरै नाफा कमाउन खोज्दा पनि लघुवित्तमा पछिल्लो समस्या बाहिर देखिएको बताउनु भयो । उहाँले एउटै व्यक्ति धेरै लघुवित्तमा सदस्य हुने र सबै लघुवित्तबाट कर्जा लिँदा थप समस्या भएको बताउनु भयो । उहाँले एक जना मानिसले १० लघुवित्तहरुबाट ऋण लिएको बताउनु भयो । उहाँले केही लघुवित्त वित्तीय संस्थाहरुले बाटोमा बसेर पनि लगानी गरेको आरोप लगाउनु भयो । उहाँले वित्तीय संस्थाहरुले उत्पादन क्षेत्रमा लगाएको लगानी पनि जोखिम रहेको बताउनु भयो । उहाँले उत्पादन क्षेत्रमा लगानी गरिए पनि उत्पादनको उचित बजार व्यवस्थापन नभएको भन्दै बजार व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय लघुवित्त र सहकारीमा जे समस्या देखिएको छ । जुन लगानी गरेको पुँजीलाई सही तरिकाले सदुपयोग गर्न सकेनौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा कर्जा दिने ऋणले कमाएकोबाट ब्याज खाने गरी पैसा किनबेच गर्नेतिर मात्रै ध्यान गयो । वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ठिक ठाउँमा गयो की गएन भनेर हेरिएन । संस्थाहरुलाई ग्राहक मात्रै आवश्यक भएको छ । बढी नाफा कमाउने हानाथापले संस्थाहरुले पुँजी परिचालन गरौं । जसले गर्दा अहिलेको समस्या आएको हो । कसले कति ऋण चलाएको छ भन्ने कुरा थाहा छैन । एक जना मानिसले १० संस्थाहरुबाट ऋण लिएको छ । केही लघुवित्त वित्तीय संस्थाहरुले बाटोमा बसेर पनि लगानी गरेको छ । संस्थाले यति लगानी लगाए भने पनि केन्द्रिय कार्यालयहरु पनि खुशी हुने गरेका छन् । पछिल्लो समय वित्तीय संस्थाहरुले उत्पादन क्षेत्रमा लगाएको लगानी पनि जोखिममा छ । उत्पादन गर्‍यो तर किसानले उत्पादन गरेको वस्तुले बजार पाएको छैन ।’

‘पशुपालनमा लगानी गरेको तर दुग्ध बजारमा बिक्री गर्ने वातावरण छैन । उत्पादन गरेको तरिकामा किसानको पहुँच छैन । यतिबेला सबैतिर स्थिति बिग्रिएको छ । यो विषयमा सरकार पनि जिम्मेवार हुनुपर्छ । किसानले उत्पादन गरेको वस्तु बिक्री गर्ने बजारको व्यवस्थापन सरकारले गरिदिन सक्यो भने सबै मानिसहरु उत्पादनमा लाग्ने अवस्था बन्छ । त्यहाँबाट वित्तीय संस्थाहरुको पैसा फिर्ता आउँछ । अहिले पनि किसानहरुले दुग्ध बिक्री नभएर ठूलो समस्यामा परेको अवस्था छ । ३ लाखसम्म हालेर गाई भैँसी पालेको छ । गाई भैँसीले दिने दुग्ध कहाँ बिक्री गर्ने भन्ने समस्या छ । दुग्ध सडकमा फाँक्नुपर्ने अवस्था सिर्जना भएको छ । दुध खेर नफाली मिठाई लगायत अन्य वस्तुहरु बनाउन प्राविधिक व्यक्तिहरु छैनन् । बजार यतिबेला अस्तव्यस्त भएको छ ।

‘कर्जा प्रवाह गर्ने संस्थाहरुले पनि अनुशासित भएर कर्जा प्रवाह नगर्दा समस्या भएको छ । लगानीकर्ता संस्थाहरुले ध्यान पुर्‍याउन नसक्दा पनि अहिले लघुवित्त लगायत सहकारीमा समस्या बाहिर आइरहेका छन् । वाणिज्य बैंकहरु मर्ज भएजस्तै गरी लघुवित्त र सहकारीहरु पनि मर्ज हुनुपर्छ । एउटा स्थानीय तहमा धेरै वटा संस्था आवश्यक छैन । एउटा ठाउँमा धेरै लघुवित्त र सहकारी संस्थाहरु हुँदा एउटै मानिस धेरै संस्थामा सदस्य हुने । सबै संस्थाको शेयर लिने, पैसा जम्मा गर्नुपर्ने र ऋण लिने कुराले लघुवित्त र सहकारीमा अस्थिरता पैदा गरेको छ ।’

उहाँले संस्थाहरुले पशुपालनमा लगानी गरेको तर दुग्ध बजारमा बिक्री गर्ने वातावरण नभएको गुनासो रहेको बताउनु भयो । उहाँले किसानले उत्पादन गरेको वस्तु बिक्री गर्ने बजारको व्यवस्थापन सरकारले गरी दिए मात्रै सबै मानिसहरु उत्पादनमा लाग्ने अवस्था बन्ने बताउनु भयो । उहाँले कर्जा प्रवाह गर्ने संस्थाहरुले अनुशासित भएर कर्जा प्रवाह नगर्दा समस्या भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल