३० कार्तिक २०८१, शुक्रबार
,
Latest
शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन् अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न बेडरुमसँग सम्बन्धित वास्तु दोषका कारण पति–पत्नीबीच झगडा बढ्न सक्छ ! नर्सरीबाट एक मौसममा रु डेढ लाख कमाइ सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र जसपा नेताहरुबीच बालुवाटारमा भेटवार्ता हुँदै



अ+ अ-

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।  प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह ५ बजे संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपा नेताहरुलाई बालुवाटार बोलाएका हुन् । 

जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्रीसँग शीर्ष नेताले भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

भेटघाटमा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित नेताहरू राजेन्द्र महतो र अशोक राई पनि जानेछन्।  

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ ।

सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ ।

जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग अघि सारेको छ ।