१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन



अ+ अ-

राजविराज । सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको आज उद्घाटन गरिएको छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका बीच जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभयो ।

विसं २०७४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उहाँकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो ।

भवनभित्र चार कक्षा कोठा, ल्याब तीन, पुस्तकालय, क्याबिन, एडमिन हेड, रिसेप्सन, प्रतीक्षा कक्ष र शिक्षक कोठा रहेका छन् । रासस