• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   शंखमुलस्थित एक पसलमा आगलागी ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई छैटौं सफलता ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौं सफलता ★   विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा ★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा

संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी गराउनुभएको छ ।

आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही माघ २२ गते दिनको ४ बजे आह्वान गर्ने तयारी भएको आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने तयारी गरेको छ । रासस