८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

समृद्धिका लागि संकल्प यात्रामा देखिएको जनसमर्थन एमालेसँगै संघीय गणतन्त्र प्रतिको समर्थनः प्रदीप ज्ञवाली

समृद्धिका लागि संकल्प यात्रामा देखिएको जनसमर्थन एमालेसँगै संघीय गणतन्त्र प्रतिको समर्थनः प्रदीप ज्ञवाली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा प्राप्त गरेको जनताका माग र समस्या जनताको नासो भएको बताउनुभएको छ ।

यात्राको क्रममा आएका माग र सुझावलाई समेटेर एमालले तयार गरेको ध्यानाकर्षण-पत्र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए पछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले ती माग जनताको नासो भएको बताउनभयो ।

‘सङ्कल्प यात्राका क्रममा जनताबाट प्राप्त भएका माग, सुझाव, गुनासोहरू र पार्टीले यो अभियानको क्रममा अनुभूत गरेको त्यहाँका सम्भावना र चुनौतीका विषय समेटेर ध्यानाकर्षण-पत्र बुझाएका छौँ, ध्यानाकर्षण-पत्रका विभिन्न राजनीतिक दल, संघसंस्था, स्थानीय तह, व्यवसायीक क्षेत्र र व्यक्तिगत रूपमा समेत प्राप्त भएका यी ध्यानाकर्षणहरू जनताको नासो हो भनेर हामीले उल्लेख गरेका छौँ, यिनलाई सम्बोधन गर्नु राज्यको दायित्व हो भन्ने कुरालाई उल्लेख गरेका छौँ’, उहाँले भन्नुभयो ।

मङ्सिर १४ देखि पुस १ गतेसम्म मध्यपहाडको झुलाघाटदेखि चिवाभञ्ज्याङ सम्मको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग एमालले प्रधानमन्त्रीलाई बुझाएको छ । जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय छन् ।

सो ध्यानाकर्षण(पत्रमा मध्यपहाडी लोकमार्गको एलाइन्मेट चेञ्जका योजना समेत उल्लेख गरिएको ज्ञवालीले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गमा बन्न लागेको १० ठुला सहरका काम रोकिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । यी विषयको कार्यान्वयनको लागि पार्टीको तर्फबाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकिएको समेत प्रधानमन्त्रीलाई जानकारी गराएको ज्ञवालीले बताउनुभयो ।

एमालेको सङ्कल्प अभियानको क्रममा प्राप्त जनसमर्थन लोकतन्त्र र गणतन्त्र प्रतिको जनसमर्थन भएको ज्ञवालीले प्रष्ट पार्नुभयो । ‘अभियानको क्रममा प्राप्त जनसमर्थन र जनसहभागिता नेकपा एमालेको मात्र नभएर लोकतन्त्र प्रति नै, गणतन्त्र प्रति नै जनताको समर्थनको रूपमा हामीले ग्रहण गरेका छौँ’, ज्ञवालीले भन्नुभयो ।

ध्यानाकर्षण(पत्रमा मध्यपहाडमा देखिएका विकासका सम्भावना बारे पनि प्रकाश पारिएको ज्ञवालीले बताउनुभयो । पूर्वाधार विकासमा मध्यपहाड अगाडि बढ्दै गएको, फलफूल उत्पादनको राम्रो सम्भावना रहेको, खनिज, जलश्रोतको अथाह भण्डार रहेकोले मध्यपहाड समृद्धिको केन्द्र बन्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

मध्यपहडाका चुनौतीका विषयमा पनि सरकारलाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । बसाइसराइ मध्यपहाडको प्रमुख चुनौती रहेको उहाँले प्रष्ट पार्नुभयो । बसाइसराइ रोक्नको लागि नेपालमा केही हुँदैन भन्ने मनोवृत्तिलाई चिर्न सरकारले ठोस कदम चाल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

बस्तुको उत्पादन भएको भए पनि त्यसले उचित मूल्य नपाएको कुरामा सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै वन्यजन्तुले बाली नष्ट गर्दा खेती नै लगाउन छाडेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

मध्यपहाडको यात्राको क्रममा अहिले पनि भूमिहीन सुकुम्वासीको समस्या देखिएकोले त्यसको समाधानमा ठोस कदम चाल्न सरकारलाई एमालले सुझाव दिएको छ । त्यस्तै जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि सरकारलाई जिम्मेवार बन्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

कर प्रशासकहरूको अति रुखो व्यवहार, भ्रष्टाचार र बेथितिले गर्दा व्यवसाय बन्द हुँदै गएका, विकास निर्माणका काम ठप्प भएका, बजेट विनियोजनमा पूर्वाग्रह राखिएको, एमालले सुरु गरेका केही राष्ट्रिय महत्वका योजनालाई पूर्वाग्रह राखी असफल बनाउने प्रयास भएको प्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ज्ञवालीले बताउनुभयो ।

जाजरकोट भूकम्प पीडितको व्यवस्थापन र पुनर्निर्माणमा सरकार असफल भएको पनि उहाँले बताउनुभयो । सरकारले अस्थायी आवास र न्यानो कपडा व्यवस्थापन गर्न नसक्दा ३४ जना भूकम्पपीडितको कठाङ्ग्रिएर ज्यान जानु लज्जाको विषय भएको ज्ञवालीले बताउनुभयो । यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको ज्ञवालीले बताउनुभयो । उहाँले गर्छु भन्नुभएको छ, हामी उहाँलाई शङ्काको सुविधा दिन तयार छौँ’, उहाँले भन्नुभयो ।