१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

कुष्ठरोगी मेहतालाई कृषि कर्मले समाजकै उदाहरणीय बनायो

कुष्ठरोगी मेहतालाई कृषि कर्मले समाजकै उदाहरणीय बनायो
अ अ+ अ-

काठमाडौँ । कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेयका दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले भित्रभित्रै लुकाउने गर्दथे । कुष्ठरोगीप्रति समाज संकुचित थियो । कुष्ठरोग लागेको मान्छेलाई छुँदा मात्र होइन, हेर्दा पनि त्यसको संक्रमण आफूलाई सर्दछ भन्ने बुझाइ थियो समाजमा । त्यही कारण कुष्ठरोगीहरुले अरुको स्याहारसुसार पनि पाउँदैनथे । त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे ।

यो मानव सभ्यतामा सबैभन्दा पुरानो रोग हो । यसको चर्चा पौराणिक ग्रन्थमा समेत पाइन्छ । मानव जातिमा हजारौं वर्ष पहिले नै यसको संक्रमण फैलिएको वैज्ञानिकहरुको भनाइ छ । तर अहिले कुष्ठरोग सम्बन्धिको पुरातन धारणा फेरिएको छ । सुनसरी जिल्ला, देवानगञ्ज गाँउपालिका वडा नम्बर १ निवासी ७२ वर्षीय सत्यनारायण मेहताले आफूलाई कुष्ठरोग लागेको थाहा पाउनुभयो तब उहाँलाई जिन्दगी सकियो भन्ने लाग्यो । अब परिवार पराइ होलान्, समाजले तिरस्कार गर्ला भन्ने चिन्ता उहाँलाई थियो । र यति बेला उहाँ दयाको पात्र होइन समाजमा उदाहरणीय बन्नुभएको छ । मेहेता यतिबेला आफूसँगै आफ्नो जीवन संगिनी सोवितादेवी मेहेतासँग व्यवसायिक रुपमा कृषि कर्ममा लाग्नुभएको छ । उहाँले अहिले कृषि कर्मका कारण आफूहरुलाई उपचार गर्न सहज भएको र व्यवसाय पनि राम्रोसँग फस्टाइरहेको बताउनु भयो ।

फेयरमेड फाउण्डेशन नेपाल र करुणा फाउण्डेसनको सहयोग र सेभ द अर्थ अन्तर्गत विश्वास परियोजनाको साझेदारीमा ‘विश्वास परियोजना’ मार्फत मेहता दम्पतीलाई कृषि तालिम दिएपछि जीवन थप सुधारिएको मेहताकी जीवन संगिनी सोवितादेवी मेहेताले बतउाउनु भयो । उहाँले रोग ठिक हुने विश्वास नभएपनि अहिले आएर रोग बिस्तारै ठिक हुँदै गएको बताउनु भयो ।

परियोजनाअन्तर्गत उपेक्षितउष्ण प्रदेशीय रोगको जोखिम क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता विकास, मातृ शिशु स्याहार सेवा, अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सामग्री वितरण, आय आर्जन सम्बन्धी तालिम तथा सहयोग लगायतका कार्य गरिँदै आएको विश्वास परियोजनाका सुपरभाइजर प्रवेश रिजाल बताउनु हुन्छ । परियोजनाका सहयोगमा सत्यनारायण मेहता जस्तै धरैको दैनिकी सहज भएको उहाँको भनाइ छ ।

आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको कम सर्ने सरुवा रोग नै कुष्ठरोग हो । यो रोग लागेपछि छाला तथा स्नायुलाई असर पार्ने गर्छ । यो रोग लागेमा छाला रातो हुने तथा छालामा हल्का फुस्रो दाग देखिने गर्छ । त्यसैगरी अनुहारको छाला बाक्दलो हुने, गिर्खाहरु देखा पर्ने, स्नायूमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नपाउने हुन्छ । साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले मांसपेशीहरु कमजोर हुने गर्दछ । यो रोग लागेमा कुष्ठरोगलाई चिन्ह र लक्षणको आधारमा दुई प्रकारले विभाजन गरी उपचार गर्न सकिन्छ । कम किटाणु भएमा पौसी व्यासिलेरीलमई ६ महिनासम्म र बढी किटाणु भए मल्टिव्यासिलरिलाई १२ महिनासम्म नियमित औषधि खुवाएर पनि औषधि गर्न सकिन्छ ।

—न्युज एजेन्सी नेपाल